नेपाली सेनाको ब्यारेक निर्माणमा आर्थिक घोटाला भएको रहस्य खुल्ला

आइतबार, ८ पौस २०७५

पौष ८, काठमाडौं –  नेपाली सेनाको ब्यारेक निर्माणमा आर्थिक घोटाला भएको रहस्य खुलेको छ। देशभरीका सैनिक व्यारेक तथा कार्यालय निर्माणमा आर्थिक अनियमितता भएको पाइएपछि सैनिक मुख्यालयले आन्तरिक छानविन तथा अनुगमन थालेको छ।

विनाशकारी भुकम्पपछि निर्माण गरिएका भौतिक संरचना आर्थिक अनियमितताकै कारण कम गुणस्तरका बनेका छन् भन्ने खबर आजको कारोबार दैनिकमा खबर छ।

देशभरी सेनाको ब्यारेक तथा कार्यालयको संख्या १० हजारभन्दा बढी छ। त्यसमा १० अर्ब रुपैयाँभन्दा बढी रकम खर्च  अघिल्ला तीन सेनापतिको ८ वर्षे कार्यकालमा ३ हजार ८३ वटा संरचना बंकरबाट ब्यारेक कार्यक्रम अन्तर्गत निर्माण गरिएको सेनाको तथ्यांकमा उल्लेख छ।

यी स‌ंरचनाकाे गुणस्तर पनि कमजाेर रहेकाे सैनिक स्राेतकाे भनाइ छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले एउटा व्यक्तिको कुकर्मले नेपाली सेनाको शाख ओझेलमा पर्नु अन्य पौरखी र मेहनतीहरुका लागि अन्याय भएको बताउँदै अनियमितता गर्नेमाथि कारबाही गरिने बताए।