संसदमै उठ्यो देउवा र प्रचण्डलाई कारबाही गर्नु पर्ने माग, के होला अब
मर्यादा विपरित एमसीसी बोर्डलाई पत्र लेखेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई कारबाही गरिनु पर्ने आवाज संसद भित्रै उठेको छ ।
मिनी संसदको रुपमा चिनीने संसदीय समितीमै देउवा र प्रचण्ड माथी कारबाहीको माग भएको हो । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा आफ्नो भनाइ राख्दै नेकपा एमालेका सांसद भिम रावलले देउवा र प्रचण्डलाई कारबाहीको माग गरेका हुन् ।
एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने नेकपा एमालेका नेता भीम रावलले माग गरेका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता रावलले राष्ट्रको स्वाधिनता माथिनै गम्भिर आँच आउने सो सम्झौता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सो बारे छानविन गर्न पनि समितिसँग आग्रह गरे । उनले प्रतिनिधिसभामा विचाराधीन सो विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाए ।
नेता रावलले राष्ट्रको स्वाभिमान झुक्ने गरी प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेर कूटनीतिक क्षेत्रमा अमर्यादित व्यवहार प्रर्दशन गरेको पनि बताए ।
उनले भने, ‘कुनै एउटा देशको प्रधानमन्त्रीलाई, एउटा पार्टीको अध्यक्ष पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले यस्तो पत्र लेखेर हामी एमसीसी सम्झौतालाई अनुमोदन गर्नेछौँ। हामीलाई समय दिनु पर्यो।
यो एमसीसी सम्झौताबारे नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत हामी उपयोग गर्नेछौँ भन्ने कुरा समेत विदेशलाई भन्ने भनेपछि हाम्रो कूटनीतिक कता गयो अनि यस्तो स्थितिमा कूटनीतिक क्षेत्रमा यो राजनीतिक र यस्तो ज्ञान भएको व्यक्तिलाई नियुक्ती गर्ने कुरा र कूटनीतिमा यस्ता राष्ट्रका स्वाभिमान झुक्ने अत्यन्त अमर्यादित कुराहरु। यो एकदमै आपत्तिजनक छ। यस्ता कुरा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारीमा आउनुपर्छ। अरु देशमा यस्तो भयो भने छानबिन गरेर दण्डित हुनुपर्छ।’
उनले थपे, ‘प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता जो अनुमोदनका लागि विचाराधिन छ। त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौँ भनेर कुनै व्यक्तिलाई यस्तो पत्र लेख्ने अधिकार हुन्छरु यो संसदकै एउटा महत्वपूर्ण समिति भएको हुनाले म यहीँबाट हाम्रो माननीय सभापति महोदयमार्फत यो प्रेषित हो्स–यसमा छानबिन गरेर कारबाही हुनुपर्छ।’
नेता रावलले राष्ट्रको स्वाभिमान झुक्ने गरी प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेर कूटनीतिक क्षेत्रमा अमर्यादित व्यवहार प्रर्दशन गरेको पनि बताए।