भोली सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं – सरकारले फागुन ३ गते (भोली) सार्वजनिक विदा दिने निर्णय गरेको छ । यो लुम्बिनी प्रदेशको खबर हो ।
प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसर पारेर फागुन ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आन्तिरक मामिला मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
‘प्रदेश सरकार (मन्त्रीपरिषद्) मिति २०७७÷१२÷१३ को निणर्यनुसार वि.स २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेकोे व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
त्यस्तै बाँकेको डुडुवा गाउँपालिकाले किशोरीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ गत वर्षको एसइई परीक्षा उत्तीर्ण गरेका छात्राहरूलाई पालिकाको तर्फबाट निःशुल्क साइकल वितरण गरेको छ ।
२०७७ सालमा एसइई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्रालाई शनिबार एक समारोहका बीच साइकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरूलाई उच्च शिक्षा हासिल गर्न जान आउन सहज होस र उनीहरू प्रोत्साहित होउन् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताए ।
उनले विशेष गरी मधेसी समुदायका किशोरीहरू साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने दाबी समेत गरे ।
अध्यक्ष चौधरीले उच्च शिक्षा हासिल गर्न डुडुवा मै क्याम्पसको स्थापनाका लागि पहल सुरु भएको भन्दै त्यसले पनि किशोरी उच्च शिक्षा हासिल गर्न थप प्रोत्साहित गर्ने धारण समेत राखेका थिए ।
गाउँपालिकामा गत वर्षसम्म ५ वटा मावि रहेकोमा यस वर्ष शाहपूर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरवृद्धि गरी मावि बनाइएको त्यस पालिकाको शिक्षा शाखाले जनाएको छ ।
