एमसीसी टेबल गर्न सभामुख सापकोटाले राखे अर्को शर्त

बिहिबार, ५ फाल्गुन २०७८

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्न नदिएपछि आजसम्म रोकिएको छ । शुक्रबार सरकारले एमसीसी जसरी पनि संसदमा टेबल गर्ने तयारी गरेको छ ।

सरकारका प्रबक्ता, संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फागुन ६ गते अर्थात भोली संसदमा जसरी पनि एमसीसी टेबल हुने बताएका छन् ।

यसका लागि सभामुख सापकोटाले एउटा शर्त राखेका छन् । उनले आफ्नो छोरा रुपक सापकोटालाई चीनका लागि नेपाली राजदूत बनाउन पर्ने शर्त राखेका हुन् ।

यो शर्त प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि स्वीकारेका छन् ।

माओवादी केन्द्रका नेता समेत रहेका सभामुख सापकोटाले आफ्नो छोरालाई जसरी पनि राजदूत बनाउन लामो समयदेखि दवाव दिइरहेका थिए ।

अग्निले रुपकलाई राजदूत बनाउन ठूलो शक्ति प्रयोग गरेका छन् । अग्निले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई समेत रुपकलाई चीनको राजदूत बनाउन दवाव दिएको स्रोतले जनाएको छ ।

अग्निले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रस्ताव गरेपछि माओवादीकै अरु नेताहरूले समेत विरोध गरेका छन् ।

रुपक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व उप–कार्यकारी निर्देशक थिए ।

चीनको दवाव र योजनामा एमसीसीलाई सभामुख अग्नि सापकोटाले संसदमा प्रवेश गर्न नदिएको भनेर आरोप छ ।