आज पनि एमसीसी विरुद्ध भव्य प्रदर्शन

शुक्रबार, ६ फाल्गुन २०७८

काठमाडौँ – अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध बृहत प्रदर्शन हुने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ पार्टी र दुई वटा मोर्चाले काठमाडौँ प्रदर्शन गर्ने भएका हुन् ।

मध्यान्ह १२ बजेदेखि मोर्चाले ¥यालीसहित विदेश प्रदर्शन गर्ने भएको हो ।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गर्ने लागेको हो ।

काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको ८ दलीय मोर्चाको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार साँझ जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसी विरोधी आन्दोलनका क्रममा फागुन ४ गते संसद् भवनबाहिर सरकारी दमनबाट घाइते भएकाहरूको निःशुल्क उपचार र हिरासतमा राखिएका आन्दोलनकारीलाई रिहा गर्न माग गरिएको छ ।

एमसीसी सम्झौता विरुद्धको सङ्घर्ष झन् पेचिलो र सशक्त बन्दै गएको उनीहरुको भनाइ छ ।

अमेरिकी साम्राज्यवादले जबर्जस्ती लाद्न खोजेको एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाको यो सङ्घर्षलाई सफलीभूत बनाउन आम देशभक्त जनसमुदायसँग गहिरो अपिल गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल हुने सम्भावन बढेको छ ।

यस विषयमा निर्णायक बार्ता गर्नका लागि गठबन्धनका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् । हिजो बसेको बैठक विना निश्कर्ष टुंगिएपछि आज फेरी गठबन्धनको बैठक बस्न लागेको हो ।