कांग्रेस भित्रैबाट सुरु भयो ‘नो एमसीसी’ अभियान, यी हुन् अभियान चलाउने नेताहरु
काठमाडौँ – नेपाली कांग्रेसका केही नेताहरुले ‘नो एमसीसी’ अभियान सुरु गरेका छन् । कांग्रेस भित्र विवादित अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा एकमत भएको हल्लाका बिच यस्तो अभियान सुरु भएपछि सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ ।
यस्तो अभियान कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माले चलाएका छन् । पछिल्लो समय एमसीसी बारे खासै सार्वजनिक अभिव्यक्ति नदिएका शर्मा एमसीसीको विरोद्धमा रहेको र भित्रभित्रै अभियान चलाएको श्रोतको दावि छ ।
शर्मा निकट स्रोतले दिएको जानकारी अनुसार राष्ट्रिय सहमती नभइ एमसीसी पास गर्न नुहुने पक्षमा शर्मा रहेका छन् । त्यसो त केहि समय अघि एक सार्वजनिक कार्यक्रममै शर्माले देशलाईनै धरौटी राखेर कुनै अनुदान नचाहिने बताएका थिए ।
जनस्तरमा व्यापक आलोचना भइरहेको विषयलाई कांग्रेसले झ्याप्पै बोकेर हिड्दा व्याक फायर हुने कतिपय कांग्रेस नेताको बुझाइ रहेको देखिन्छ । पार्टी भित्र एमसीसीको विरोध गरिहाल्दा कोपभाजनमा पर्ने देखेर विस्तारै उनीहरु संगठित शक्ति निर्माण गरेर बोल्ने तयारीमा रहेको बताइएको छ ।
काग्रेस भित्र लोकप्रिय रहेका अर्का नेता चन्द्र भण्डारी पनि एमसीसीको विरोधमा देखिएका छन् । भण्डारीले राष्ट्रिय सहमती नभइ कुनै पनि हालतमा एमसीसी पास गर्नै नहुने बताएका छन् ।
नेपालमा एमसीसी धेरैनै गिजोलिएकोे भन्दै भण्डारीले विदेशीले दियो भन्ने बित्तिकै ऋण ,अनुदान जे भए पनि खाइहाल्ने नेपाली नेताहरुका कारण समस्या भएको उनले बताए ।
प्रधानमन्त्री समेत रहेका देउवाले अब आफूले दबाव थेग्नै नसक्ने अवस्था आएको भन्दै एमसीसी पास गराउँन दौडधुप गरिरहेका छन् । कांग्रेस भित्र अहिले उनलाई फरक प्यानलबाट महामन्त्री निर्वाचित भएका गगन थापाले काँधमा बोकेका छन् ।
परिस्थिती यति गम्भिर बनिसकेको छ की एमसीसीको बिषय अब घरेलु राजनितीको बिषय मात्रै नभएर अमेरिका र चिन दुवै देश खुलेर मैदानमा उत्रिएका छन् ।
केहि समय अघि मात्रै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले फोन गरेर नेपालका मुख्य राजनितीक दलका मूख्य नेताहरुलाई धम्कीनै दिएको खबर सार्वजनिक भयो भने चिनले पनि अमेरिकाले धम्कीको कुटनिती सुरु गरेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउँन अर्का महामन्त्री गगन थापालाई बोकेर हिडेका छन् । थापालाई अमेरिकाको असली एजेण्ट भनेपछि नेपाली जनताले चिनेका छन् ।