एमसीसीकै कारण फेरी फुट्ने भयो एमाले, भीम रावलको पक्षमा आए यतिधेरै सांसद
काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसीका कारण नेपालका पार्टीहरु फेरी फुटको संघारमा पुगेका छन् । एमसीसी पास गरे दोश्रो पटक नेकपा एमाले फुट्ने छ भने जनता समाजवादी पार्टी पनि फुटकै संघारमा छ ।
नेकपा एमालेका नेता डा. भीम रावलले कुनैपनि बेला पार्टीबाट विद्रोह गर्ने बताइसकेका छन्। एमाले एमसीसीको पक्षमा गएमा विद्रोह गर्ने उनको भनाई छ भने समाजवादी पार्टी बाबुराम भट्टराई एमसीसी पास नभए पार्टी फुटाउने अभियानमा छन् ।
रावलले महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई चुनौती दिंदा झीनो मत ल्याएका थिए । उनको चुनौती फिक्का सावित भयो । तर, एमसीसीको विषयमा ओलीलाई कडा चुनौती दिनसक्ने हैसियत बनाउन खोजिरहेका छन् ।
एमसीसीको पक्षमा एमालेमा गएमा एमालेका ९७ मध्ये १३ सांसदमात्रले विद्रोह गरेमा फरक परिस्थिति निर्माण हुन सक्छ । एमसीसीको पक्षमा सभामुख अग्निप्रसाद सापकोटा टेबल गर्न तयार नहुने र एमाले सभामुख हटाउने योजनाका साथ लागेकाले दुई तिहाई आवश्यक पर्छ ।
एमालेको ९७, काँग्रेसको ६१, लोसपाको १३ मत पक्षमा पर्न सक्छ । जसपाको मत विभाजन हुनसक्छ । जसपाको १८ मध्ये कम्तिमा १० सांसद एमसीसीको पक्षमा जाँदा सभामुखविरुद्ध पनि जानसक्ने देखिन्छ । तर, २७१ बहालवाला सांसद रहेको प्रतिनिधि सभामा दुई तिहाईका लागि १८१ मत चाहिन्छ । एमालेका १३ सांसदले विद्रोह गरेमा पासा पल्टन्छ । भीम रावल यही मौका कुरिरहेका छन् ।
अहिले रावलसँग ५ सांसद छन् । उनीहरुले महाभियोगका लागि तयार पारिएको भनिएको खाली ६ वटा कागजमा हस्ताक्षर गरेका छैनन् । यसरी हस्ताक्षर नगर्नेमा भीम रावल, घनश्याम भुसाल, दिपकप्रकाश भट्ट, झपट रावल र पवित्रा निरौला खरेल छन् ।
पाँचैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरुलाई ह्वीप उल्लंघन गरेकोमा हटाउँदा समानुपातिकको जस्तो अर्को नाम परिवर्तन गर्न मिल्दैन । समानुपातिकतर्फका केही सांसद पनि रावलको पक्षमा रहेको बुझिएको छ । यसकारण उनी ढुक्क देखिएका छन् ।
रावलले एमसीसी असफल बनाउन पर्याप्त सांसद जुटाइरहेको बुझिएको छ । उनीसँग प्रत्यक्ष ५ र समानुपाति थप गरी १० भन्दा बढी सांसद साथमा रहेको विश्वस्त स्रोतले बताएको छ ।
एमसीसी टेबल भएमा संशोधन प्रस्ताव हाल्ने देखि विपक्षमा मतदान गर्ने सम्मको कदम चालेर रावलले विद्रोह गर्ने तयारी गरेका छन् ।