सगरमाथा सिमेन्टले घर बनाउँदै हुनुहुन्छ ? परिवारका सबैको एकै चिहान होला है, ख्याल गरौं !

शनिबार, ७ फाल्गुन २०७८

दाङ – सगरमाथा सिमेन्ट गुणस्तरहिन भेटिएको छ । तुलसीपुर उपहानगरपालिका १२ उरहरीका बिजुली चौधरीले बनाउँदै गरेको घरको ढलान नजमे पछि सिमेन्ट गुणस्तरहिन भएको पाइएको हो ।

चौधरीले चार कोठाको पक्कि घर बनाउँदै थिए । उनले उरहरीकै जैशी हार्डवेयरबाट पुष २५ गते घर ढलानका लागि सगरमाथा सिमेन्ट किन्न गए । त्यहाँबाट उनले एकसय बोरा सगरमाथा सिमेन्ट लिएर गए ।

ईन्जिनियर पवन योगीका अनुसार सिमेन्ट प्रयोग भएको ३० मिनेटपछि सेट हुन सुरु हुनपर्ने सिमेन्ट २३ दिनसम्म पनि सेट भएन ।

सिमेन्टले काम नगरेपछि उनले हार्डवेयरमा गएर संचालक नन्नलाल जैशीसँग गुनासो गरे । जैशीले सगरमाथा सिमेन्टको उद्योगमा कुरा पु¥याए । उद्योगका प्रतिनिधी आएर स्थलगत अवलोकन गरे ।

सिमेन्ट गुणस्तरहिन भएकाले ढलान सेट नभएको उनीहरुले निस्कर्ष निकाले । उद्योगका प्रतिनिधी र चौधरीबीच उद्योगले क्षतिपूर्ती दिने सहमति भयो ।

सहमति अनुसार उद्यागले ढलान गर्दा लागेको सिमेन्ट,छड र लेवर खर्च तिर्ने भयो । उनले यसमा चित्त बुझाए । किनकी,उनलाई पक्की घरमा बस्नु थियो । एकपटक ढलान सेट नभएपछी चौधरी सगरमाथा सिमेन्ट प्रयोग नगर्ने निर्णयमा पुगे ।

तर, क्षतिपूर्ति तिर्न तयार भएको सगरमाथा सिमेन्टको उद्योगले उनलाई फेरि उहीँ सिमेन्ट प्रयोग गर्न बाध्य बनायो । उनले उद्योगको दबाब थेग्न सेकेनन् र फेरि सगरमाथा सिमेन्ट प्रयोग गरेर यहीँ फागुन ३ गते ढलान गरे । दोस्रोपटक गरेको ढलानमा पनि सगरमाथा सिमेन्ट तीन दिनसम्म सेट भएन ।

दोस्रो पटक पनि सगरमाथा सिमेन्ट सेट नभएपछि उनी निकै तनाबमा छन् । उनले अब पक्की घरमा बस्ने आशा मारिसकेका छन् । ‘पक्की घरमा बस्ने पहिल्यैदेखी सपना थियो ।’ तर,दोस्रो पटक पनि ढलान सेट भएन ।’ चौधरीले भने,‘पक्की घरमा बस्ने मेरो सपना सगरमाथा सिमेन्टले तुहायो ।’

उनी अब घर बनाउने मनस्थितीमा छैनन् । ढलान सेट नभएको अधुरो घर देखाउँदै उनले भने,‘सिमेन्ट उद्योगसँग क्षतिपूर्ति ल्याएर यो घर भत्काउँछु ।’

चौधरीलाई सगरमाथा सिमेन्ट बेचेका जैशी हार्डवेयरका नन्दलाल जैशीले चौधरीलाई बेचेको सिमेन्ट पहिलो पटक मंसिर मंसिर १९ गते र दोस्रो पटक माघ २५ गते उद्योगबाट ल्याएका थिए । उक्त मितीमा उद्योगबाट ल्याइएको सिमेन्टमा धेरै कम्पेलेन आएको जैशीले बताए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका – १२ कचिलाका तिलक खड्का र वडा नम्वर १३ का जनक चौधरीको घरमा पनि सगरमाथा सिमेन्टले काम गरेको छैन।

सगरमाथा सिमेन्टका प्रतिनिधी अमर सुवेदीका अनुसार प्राबिधिक त्रुटीका कारण केही गुणस्तरहिन सिमेन्ट उत्पादन भएको र सोही सिमेन्ट बजारमा पुगेकाले समस्या आएको हो । उद्योगले गुणस्तरहिन सिमेन्ट उत्पादन हुनुको कारण पत्ता लगाउनुका साथै पीडीतलाई क्षतिपूर्ति दिने सुवेदीले बताएका छन् ।