प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारलाई सभामुख महराको आग्रह

बुधबार, ११ पौस २०७५

पौष ११ , काठमाडौँ –  सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिएका छन्  ।

संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै उहाँले संसद् जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने उच्चतम् थलो भएकाले यहाँ भएका जीवन्त छलफललाई जनतासामु पु¥याएर रचनात्मक सहयोग पु¥याउन आग्रह गरे । सभामुख महराले भने, “पत्रकारलाई आरोप छ, जहिले पनि प्रतिपक्षजस्तो मात्रै हुने, रचनात्मक ढङ्गले आलोचना र सुझाव दिएर तपाईँहरुले सहयोग गर्नुपर्छ, जनता र राज्यको पक्षमा उभिएर सञ्चार जगत्ले सहयोग पु¥याओस् भन्ने हामीले अपेक्षा गरेको छौँ ।”
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताका सरोकारलाई पारदर्शी ढङ्गबाट अघि बढ्दा लोकतन्त्रको सुदृढीकरण हुने भएकाले त्यसतर्फ काम गर्न पत्रकारलाई सुझाव दिए  । आयोजक समितिका संयोजक नरेन्द्र साउदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचित पदाधिकारीलाई सभामुख महराले प्रमाणपत्र प्रदान गरे । यही पुस १ गते भएको संसदीय मामिला पत्रकार समाजको निर्वाचनबाट गोरखापत्रका समाचारदाता नारायण काफ्लेको नेतृत्वमा १३ सदस्सीय कार्य समिति चयन भएको थियो ।