एमाले प्रवेश गर्दै दुई पूर्वमन्त्री, आजै टिक लगाउने
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज दुई जना पूर्वमन्त्रीलाई नेकपा एमालेमा प्रवेश गराउने भएका छन् । ओलीले पूर्वमन्त्री तथा संघीय सांसद वृजेशकुमार गुप्ता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तवसहित ५ हजारभन्दा धेरैलाई पार्टी प्रवेश गराउने भएका हुन् ।
पार्टी प्रवेश कार्यक्रम पछि १५ गते मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रम र दिउसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रा तथा सम्बोधन कार्यक्रमा अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।
लुम्बिनीमा लुम्बिनी सांस्कृतिक नगरपालिकामा जसपाबाट निर्वाचित ३ वडाध्यक्ष, १ दर्जन वडासदस्यका जनप्रतिनिधिसहित ठूलो संख्यामा एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।