माधव नेपाललाई झुक्याउँदै प्रचण्ड–देउवाबीच भयो यस्तो सहमति

सोमबार, २१ चैत्र २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार भेटवार्ता भएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई झुक्याउँदै प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा विभिन्न राजनीतिक नियुक्तिका विषयमा छलपल भएको बालुवाटार श्रोतको भनाई छ ।

भारतको तीन दिने भ्रमणबाट स्वदेश फर्किएका देउवालाई भेट्न गएका बेलामा विभिन्न देशमा रिक्त राजदूतहरुको नियुक्ति लगाएतका विषयमा छलफल भएको खुमलटार स्रोतले पुष्टि गरेको छ ।

आगामी निर्वाचनको आचारसंहिता अगावै ती काम सक्न दाहालले पटक पटक ताकेता गर्दै आएका थिए । यो पटक देउवाले पहिले भागवण्डामा कुरा मिलाउन पर्ने बताएका थिए ।

जवाफमा प्रचण्डले कांग्रेस र माओवादीको कोटाबाट नियुक्ति गर्ने बातावरण मिलाउन सुझाव दिएका थिए । उनले बाँकी रिक्ट ठाउँमा चुनावपछि माधव र उपेन्द्रको कोटामा मान्छेलाई नियुक्ति दिन सकिने बताएको श्रोतको दावि छ ।