ग्लोबल आइएमई लघुवित्त चौघडा शाखाको ‘गोष्ठी तथा वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न
नुवाकोट – ग्लोबल आइएमई लघुबित्त बित्तिय संस्था लिमिटेडको नुवाकोट जिल्ला चौघडा स्थित चौघडा शाखा कार्यलयले केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। लिखु गाउँपालिका वडा नं ४ स्थित मर्कपोलो रिसोर्टमा चैत्र १८ गते गते बित्तिय साक्षरता तथा बार्षिक केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो ।
०२३ नं केन्द्रका केन्द्र प्रमुख सुजिना तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यसै संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा बित्तिय संस्थाका तर्फबाट जोखिम बिभागका प्रमुख दिवस राज ओली तथा अनुगमन अधिकृत सशिकान्त न्यौपानेको उपस्थिती रहेको शाखा प्रबन्धक केश कुमारी सारुले जानकारी दिइन् ।
हाल बित्तीय संस्थाले करिब १ लाख ४४ हजार जना ग्राहक सदस्यहरुलाइ लघुबित्त बित्तिय सुबिधा प्रदान गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुलाइ ८ अर्ब ३८ करोड रुपैया बराबर कर्जा लगानी गरेको छ । यसै गरि संस्थाले आफ्ना ग्राहक सदस्यहरुसँग २ अर्ब ६६ करोड रुपैया निक्षेप सङ्कलन गरेको छ्र ।
साथै बित्तीय संस्थाले ई–सेवाबाट पनि बचत तथा कर्जा सङ्कलन गर्ने सुबिधा तथा एसएमएसबाट आफ्ना बित्तिय कारोबारको जानकारी लिन सकिने सुबिधा प्रदान गर्दै आएको छ्र ।