एमालेले टुङ्ग्यायो काठमाडौँ महानगरको मेयरको उम्मेदवार

शनिबार, १० बैशाख २०७९

काठमाडौँ – नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको उम्मेदवारको टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको कोर टिमको अनौपचारिक बैठकले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको हो ।

अनौपचारिक बैठकको निर्णय आज बस्ने केन्द्रीय सचिवालयको बैठकले अनुमोदन गर्ने छ । बैठक आज दिउँसो तीन बजे ओली निवास बालकोटमा बस्ने छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलको उपस्थिति रहेको थियो । आजको बैठकमा अरु महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्ने छ ।