नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

मंगलबार, २४ पौस २०७५

पौष २४ काठमाडौं- सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।

उनले सोमबार मात्रै उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए। आयल निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँचमध्ये तीन जनाको नाम छनोट गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बुझाएको थियो। उक्त मन्त्रालयले पौडेलसहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गरेको थियो।