के हो विप्लवको चुनाव चिन्ह ?

शनिबार, १७ बैशाख २०७९

काठमाडौं – निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका व्यक्तिहरूलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।

उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । यो पटकको निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले पनि आफ्नो प्रभाव भएको ठाउँमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको छ ।

नेकपाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आफ्नो पार्टीका सबैलाई उम्मेदवार एउटै चुनाव चिन्ह दिन आयोग समक्ष माग गरेको छ । आयोगले यस विषयमा सकारात्मक जवाफ दिएको नेकपा निकट श्रोतको भनाई छ ।

तर चिन्हबारे केही खुलाइएको छैन् । मतदान यही वैशाख ३० गते हुनेछ ।