एमालेका उम्मेदवार देउजा दुई तिहाइ मतले विजयी हुने रिर्पोट बाहिरियो

आइतबार, १८ बैशाख २०७९

काठमाडौँ – नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मेयरको उमेदवार बनेका बालकृष्ण देउजाको पक्षमा दुई तिहाइ मत रहेको एक सर्वेक्षणले देखाएको छ ।

हाम्रो मेलम्ची नामक एक पेजले खुल्ला रुपमा सामाजिक संजाल मार्फत गरेको सर्वेक्षणमा अधिकांशले मेलम्चीको मेयरमा बालकृष्ण देउजालाई भोट हाल्ने भन्दै आफ्नो मत प्रकट गरेका छन् । मत प्रकट गर्नेहरु मध्ये दुई तिहाइ भन्दा बढिले आफ्नो मत बालकृष्ण देउजालाई जाने बताएका छन् ।

मेलम्चीको मेयरमा कसलाई भोट दिनु हुन्छ ? भन्दै खुल्ला प्रतिक्रियाको लागी हाम्रो मेलम्ची पेजले खुल्ला आवह्वान गरेको थियो । उक्त पोष्ट मार्फत २४ घण्टामा सामाजिक संजाल प्रयोगकर्ताहरुले दिएको मत दुई तिहाइ भन्दा बढि देउजाको पक्षमा देखिएको छ ।

यो समाचार तयार पार्दासम्म आएका प्रतिक्रियाहरुमा दुई तिहाइ बढिले बालकृष्ण देउजाको पक्षमा मत जाहेर गरेका छन् । मेलम्ची नगरपालिकामा नेकपा एमाले र नेपाली काग्रेसका विचमा प्रतिष्पर्धाको अनुमान गरिए पनि काग्रेसको पक्षमा निकै कम मात्रै मत प्रकट भएको देखिन्छ ।

मत प्रकट गर्नेहरुले अध्ययनशिल, स्पष्ट विचार दृष्टिकोण भएको तथा डबल विषयमा डिग्रि गरेका देउजालाईनै मेयर बनाउँनु पर्ने पनि अभिमत दिएका छन् । केहिले भने समृद्ध मेलम्चीका योजनाकार बालकृष्णलाई भोट दिनु पर्ने भनेका छन् ।

ग्रामिण विकास र राजनीतिकशास्त्रमा डबल डिग्री गरेका र अधिवक्ता समेत रहेका देउजा एमालेको तर्फबाट मेलम्ची नगरपालीकाको मेयरको उमेदवार बनेर घरदैलो गरिरहेका छन् । देउजाले मेयरको टिकट पाउँने वित्तीकै उत्साहित भएका मेलम्चीका एमाले कार्यकर्ता पछिल्लो समय देउजाको पक्षमा झनै जनलहर देखिएको भन्दै हर्षित बनेका छन् ।