पुण्य गौतम फेरी किन गए राजनीतिक पोइल, खुल्यो यस्तो सनसनीपूर्ण रहस्य !
काठमाडौं – सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम पोइल गएका छन् सुन्दा अचम्म लाग्न साछ उनी कुनै परस्त्रीसंग गएर यसो भनिएको भने पक्कै होइन यसअघि माओवादे केन्द्र हुदै एमाले फुटेर नेकपा एस बनेपछि उनी यसमा प्रवेश गरेका थिए भने फेरी आजमात उनी एक बिशेस कार्यक्रमकाबीच एमाले प्रवेश गरेका छन् । राजधानीमा आयोजित सभामा उनी एमाले प्रवेश गरेका हुन् ।उनी एमाले फुटपछी नेकपा एस मा प्रबेश गरेका थिए ।
एमाले प्रवेशअघि गौतमले एमालेमा आफूलाई केन्द्रीय सदस्यकै आश्वासन मिलेको बताएका थिए । गौतमसँगै विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका छन् । पुण्य गौतम एक बौद्धिक व्यक्ति र बिस्लेशक भएपनी राजनीतिक अस्थिरताको कारण एक पार्टीबाट अर्को पार्टीमा प्रबेसको नाममा आओत जओत गरिरहन्छन अनी अनावस्यक कुरामा बडी व्याख्या गर्छन भन्ने कुरा उनैका फ्यानाबाट सुनिन्छ । यसरी अस्थिर रुपमा पार्टी चारिरहनुलाई कतिपयले पोइला गएको भनेर ठट्टा गरेको प्रसस्तै सुनिन्छ ।
गौतमले २०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका हुन् । उनले आफू २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी रहेको बताउने गरेका छन् । पछि उनी एकता केन्द्र हुँदै माओवादीमा लागे ।
२०५२ सालमा माओवादीले गरेको जनयुद्धमा उनी पहिलो लटकै कार्यकर्ता थिए । लडाकुका रुपमा विभिन्न लडाईंको मोर्चामा समेत सहभागी भएका उनी शान्तिप्रक्रियापछि भने निस्क्रिय बने । ६८ सालमा सीपी मैनाली नेतृत्वको नेकपा मालेमा लागे र त्यसको पोलिटब्यूरो सदस्य बने । पछि गौतमसहित नेकपा मालेको एउटा हिस्सा माओवादीमा गाभियो ।
नेकपा एमाले र माओवादीको एकीकरणपछि बनेको ४४१ सदस्यि केन्द्रीय सदस्यमा गौतम पनि अटाएका थिए । तर सपथपत्रमा समेत हस्ताक्षर गरेपछि उनीसहित चारजनाको नाम काटिएको थियो ।
गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा फस्र्ट डिभिजनमा स्नातकोत्तर पास गरेका छन् । पीएडी सकाएर कन्भोकेसनको पर्खाइमा छन् ।