अरुण चौथो निर्माणको जिम्मेवारी भारतलाई दिएकोप्रति रावलको आक्रोस, संसदमा उठाए यस्तो गम्भीर प्रस्न ?

बिहिबार, ५ जेष्ठ २०७९

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले अरुण चौथो जलविद्युत आयोजना बनाउने जिम्मेवारी भारतलाई दिएपछि नेकपा एमालेका नेता भिम रावलले प्रश्न उठाएका छन् । उनले आज विनियोजन विधेयकको दोस्रो छलफल सभामा बोल्दै अरुण चौथोमाथि भएको निर्णयबारे  गम्भीर प्रश्न गरेका छन्  ।

उनले भने, ‘नेपाल सरकारले अरुण चौथोको निर्माण गर्न विद्युत प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । र, प्राधिकरणले भारत सरकारलाई सेयर बिक्री गर्ने निर्णय गरेको छ ।’ यसमा सरकारको कुनै औपचारिक निर्णय विना कसरी काम भएरनभएको बारे उनले जानकारी समेत मागेका छन् ।

एकातर्फ देशले ३२ रुपैयाँ प्रतियुनिटसम्म विद्युत खरिद गर्ने र देशमा विद्युत बढी भइरहेको हल्ला फैलाउँदै देशका नदीनाला विदेशीको हातमा सुम्पिने निर्णय विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको भेटिएन,’ उनले भने, ‘आगामी बजेटमा राष्ट्रको हित र स्वार्थका लागि काम गर्ने कुनै योजना छैन । बरु कोसी र गण्डकीकै नियति मुलुकले फेरि भोग्नुपर्ने स्थिती देखिएको छ ।’