१९ जना यात्रु बोकेको तारा एयरको जहाज बेपत्ता !
काठमाडौं – १९ जना यात्रु बोकेको तारा एयरको जहाज बेपत्ता भएको छ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।
१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रु सहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् ।
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।