बालेन शाहको पदभारग्रहण आज, यस्तो हुनेछ पहिलो निर्णय
काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहको सपथ आज हुने भएको छ । शाशहसहित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका हुन् ।
प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले शपथग्रहण गर्ने भएका हुन् । बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई शपथग्रहण गराउने कार्यक्रम छ ।
त्यसपछि प्रमुख साहले अरू जनप्रतिनिधिहरूलाई शपथ गराउनेछन् । राष्ट्रिय सभागृहमा हुने शपथपछि आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय छ ।
शाहले पदभारग्रहण गर्दा काठमाडौँको फोहोर व्यवस्थापन सम्बन्धी पहिलो निर्णय गर्ने बुझिएको छ । उनले विज्ञहरुसँगको छलफलमा फोहोर व्यवस्थापनको योजना बनाएका छन् । पदभारग्रहणमा उनले त्यही योजनालाई पहिलो निर्णय गर्नेछन् ।