राजावादीहरुलाई खुशीको खबर, पूर्वराजालाई पनि सरकारले दिनेभयो महत्वपूर्ण स्थान
काठमाडौँ – राजावादीहरुका लागि खुशीको खबर छ । १५ बर्षदेखि कुनै पनि बरियतामा नरहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले मर्यादाक्रममा राखेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्दै पूर्वराजालाई समेत समेटिएको हो । हेरफेर गरिएको मर्यादाक्रममा पूर्वराजालाई छैटौँ स्थानमा राखिएको छ ।
बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ। यसै गरी मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ।
मर्यादाक्रमको छैटौँ स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ। पूर्वराजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ। पूर्वराजापछि छैटौँ स्थानमै बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपलिाई राखिएको छ। पूर्व राष्ट्रप्रमुखका रूपमा पूर्वराजालाई पहिलोपटक मर्यादाक्रममा राखिएको गृह मन्त्रालयका कर्मचारी बताउँछन्।
पहिलोपटक शिक्षकहरूलाई पनि मर्याक्रममा समावेश गरिएको छ। यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ ।