एसपीपीमा हस्ताक्षर गर्न गोप्य तयारीमा कोको छन् ? माओवादीले खोल्यो यस्तो गम्भीर रहस्य
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौतामा हस्ताक्षर गर्ने गोप्य तयारी गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा भएको ३१ औं किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपिपी राष्ट्रहितविपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने गम्भीर चलखेल भैरहेकोले आम नागरिकहरू सचेत रहनुपर्ने बताएका हुन् ।
नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४र५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरि लेराएर एमसीसी जस्तै अर्को जनघात गर्नसक्ने आसंका व्यक्त गरेका छन्।
उनले यो सम्झौताका लागि एमसिसीले ढोका खोलेको र एमसिसीसँग जोडिएको आइपिएसको अर्को रूपमा एसपिपीले नेपालमा स्थान पाएको उल्लेख गरे।
नेता महराले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका उब्जिएको बताए।
उनले भने, ‘एसपिपीको सन्दर्भमा केही समय त टरिसक्यो। सरकारले बोल्यो हामी गर्दैनौं। प्रतिपक्षले बोल्यो यो राष्ट्रहितको विरूद्ध छ। सबै पार्टीहरूले बोले केही संसदमा भएका र संसद बाहिर रहेका पार्टीहरूले पनि भने। एसपिपी नेपालको राष्ट्रिय स्वाधिनताको विपरीत छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो। तर मलाई शंका छ। कतै नेपाली शासकहरू झुक्ने त होइनन्। फेरि झुकेर भित्र(भित्र सम्झौता गर्ने होइनन्रु यही कुरा ४र५ महिनापछि अब सेलाएपछि सिद्धियो, सिद्धियो भन्ने बेलामा गर्ने त होइनन् भन्ने शंका छ। तर त्यो आशंका मेटियोस्।’
पूर्व सभामुखसमेत रहेका महराले देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने आशंका व्यक्त गर्दै सबै नागरिकहरू तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताए।
‘अहिले सबै पार्टी एसपिपीको विरूद्धमा छन्। एमसिसीले ढोका खोल्यो, त्योसँग अभिन्न रूपले अंग जोडिएको आइपिएसको अर्को रूपमा देखिएको एसपिपी यहाँ आयो। नेपालको राज्यमा सत्तासीन रहेका केही शासकहरूले यसलाई सम्झौता गर्नको निमित्त बोलाए’, उनले भने, ‘तर यतिबेला छताछुल्ल भयो। यो साम्राज्यवादको नियन्त्रणमा कतै देश त जाने होइन भन्ने प्रश्न आजको समस्या हो। यही हो चुनौती। किसानका आफ्ना समस्या छन् तर देशको राज्यसत्ता कतै साम्राज्यवादको कित्तामा जाने त होइनरु भन्ने प्रश्न छ। अब हामी सबैले तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्नुपर्छ।’