माधव नेपालको पोल खोल्दै मन्त्रालयबाट विदा भए प्रेम आले
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि गम्भिर आरोप लगाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रालयबाट विदा भएका छन् । नेपालको ‘प्रेसर’का कारण गलत मान्छेलाई नियुक्ति दिएको भन्दै त्यसलाई सच्याउँदा सच्याउँदै आफूले विदा लिन पर्ने बताए ।
उनले अध्यक्ष नेपालको निर्देशनमा नराम्रा मान्छेलाई पनि नियुक्ति दिनु परेको आरोप लगाए । राजीनामापछि आइतबार पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिए ।
उनले भने, ‘पार्टीका नेताको प्रेसरले नराम्रो मान्छे नियुक्ति गर्नुपर्यो, विस्तारै सच्याउँदै गएको थिएँ ।’ उनले कसलाई, नियुक्त गरिएको हो भन्ने खुलाएनन् ।
उनले नेपाल वायुसेवा निगममा युवराज अधिकारीलाई नियुक्त गरेका थिए । आलेले अश्लिल गाली गलौज गरेको अडियो सार्वजनिक भएपछि अधिकारीलाई सरकारले निलम्बन गरेको थियो ।