विप्लव माओवादीले सीमामा लगाएको काँडेतार प्रहरीले हटायो

बुधबार, ९ माघ २०७५

 

माघ ९, काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पश्चिम चितवनको माडी नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले हटाएको छ ।

मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५२–४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा मंगलवार काँडेतार लगाइएको थियो । अखिल क्रान्तिकारीको केन्द्रीय समितिले लगाएको काँडेतारको बार झन्डै ३० मिटर लामो रहेको अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिएका थिए । तर प्रहरीले मंगलवार राति नै काँडेतार हटाएको छ ।