एमालेद्धारा प्रदेश सभाको बैठक अवरोध

शुक्रबार, २४ असार २०७९

काठमाडौँ – गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक नेकपा एमालेको अवरोधका कारण स्थगित भएको छ ।

एमालेले बजेटमाथि छलफलका लागि बसेको बैठकमा अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारले टुक्रे बजेट बाँडेकोप्रति असन्तुष्टि व्यक्त गर्दै संसद् अवरोध गरेको बताउनुभयो । बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विरोध गरेको उहाँको भनाइ छ ।

बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरूबीच छलफल गरिरहनुभएको छ । बिहीवार पनि सूचना टाँस गरी संसद् बैठक स्थगित भएको थियो ।