पूर्वप्रधानमन्त्रीलाई गोली हान्नेको घरमा भेटियो खतरनाक हतियार
काठमाडौँ – जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हानी हत्या गर्ने व्यक्तिको घरमा प्रहरीले छापा मारेको छ । गोली हान्ने ४१ वर्षका संदिग्ध तेत्सुया यामागामीको घरमा प्रहरीले छापा मारेको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले यामागामीको घरबाट खतरनाक हतियार फेला पारेको जनाएको छ । प्रहरीले अति शक्तिशाली विस्फोटक पदार्थ फेला पारेको स्थानीय संचारमाध्ययमले जनाएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले एक व्यक्तिलाई ठूलो बन्दुक बोकेर आबेलाई पछाडिबाट दुईवटा गोली हानेको देखेका थिए । त्यहाँ सिन्जो आबेको सुरक्षामा प्रहरीको टोली उपस्थित थियो। त्यसका बावजुद बन्दुकधारी आबेको नजिक पुग्न सफल भएका थिए ।
जापानको दक्षिणी सहर नारामा भाषण दिने क्रममा उनलाई गोली लागेको थियो । उनको बिहीबार उपचारको क्रममा मृत्यु भएको थियो । आबेको घाँटीमा दुई गोली लागेको समाचारमा जनाइएको छ ।