समाजसेवी पाण्डेले त्यागे नेकपा (बहुमत)
काठमाडौँ – समाजसेवी तथा आग्रज पत्रकार सुदर्शन राज पाण्डेले आफू नेकपा (बहुमत) मा नरहेको जानकारी गरेका छन् ।
सोमबार एक विज्ञपति जारी गर्दै पाण्डेले यस्तो घोषण गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीबाट अलग भइ धर्मेन्द्र वास्तोला कञ्चन नेतृत्वमा गठन गरियको नेकपा वहुमतले आफुलाई सोधपुछ नै नगरी पार्टीको सल्लाहकार समितीमा राखेको जानकारी प्राप्त भएकाले आफू उक्त पार्टीमा नरहेको बताएका छन्।
विगत लामो समय देखि जनपक्षीय पत्रकारिता आन्दोलनमा योगदान गर्दै हाल जनपत्रकार संगठनको केन्द्रिय समितिमा रहेको कुरा समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
