बाबुराम प्रचण्डको पार्टीमा फर्किन तयार, माओवादी केन्द्र नाम फेरेर यस्तो नाम राख्नुपर्ने सर्त !
काठमाडौं – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा: बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
आज बिहान ललितपुरको हात्तीवनस्थित प्रचण्डनिकट एक व्यक्तिको घरमा करिब दुई घण्टा छलफल भएको डा: भट्टराईको सचिवालयले जनाएको छ । उनीहरूबीच बिहान ९ बजेदेखि भेटवार्ता भएको थियो ।
पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । डा। भट्टराईले एकता गरेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
दुई नेताबीच गएको मंगलबार पनि सिंहदरबारमा भेटवार्ता भएको थियो ।