एमसीसी पास गर्न जोडतोडले लागेका सुवेदीलाई देउवाले दिए यति ठूलो पद
काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको संसदबाट पास गर्न जोडतोडले लागेका अरुण कुमार सुवेदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण नियुक्ति दिएका छन् । देउवाले आफ्नो परराष्ट्र सल्लाहकारमा विवादास्पद सुवेदीलाई नियुक्त गरेका हुन् ।
एमसीसीका कट्टर समर्थक सुवेदीलाई देउवाले त्यहीसँग सम्बन्धीत पद दिएर जग हँसाएका छन् । सुवेदीले मन्त्री स्वसरहको सुविधा पाउनेगरी नियुक्ती पाएका हुन् ।
सुवेदी तिनै व्यक्ति हुन् जसले जनस्तरमा विवादास्पद एमसीसी परियोजनाको व्यापक विरोध चलेको बेला एमसीसीको पक्षमा माहोल बनाउँन ठूलो क्याम्पेनिङ गरेका थिए । ‘एमसीसी राम्रो छ यसलाई जसरी पनी पास गर्नु पर्छ’ भन्दै उनले मुभमेन्टनै चलाएका थिए ।
एमसीसी पास गर्नका लागि लगाएको गुन तिर्न सुवेदीलाई देउवाले परराष्ट्र सल्लाहकारमा नियुक्ती गरेको चर्चा चलेको छ । अझ रोचक कुरा त के छ भने अन्तराष्ट्रिय राजनीतिको हचुवाको भरमा गफ मात्रै दिने तर कुनै अध्ययन र अनुभव भने नभएका उनलाई देउवाले किन परराष्ट्र सल्लाहकार बनाए भनेर सुन्नेहरुनै ताजुब भएका छन् ।
सुवेदी आफुलाई जलस्रोत विज्ञ भन्छन् । जलस्रोत विज्ञ बताउँने सुवेदीलाई देउवाले भने परराष्ट्र सल्लाहकार बनाएका छन् । मुक्तीनाथमा नेपालकै सबैभन्दा लामो दुरीको केबुलकार चलाउँने कम्पनीको नेतृत्व समेत गरिरहेका उनलाई एमसीसीमा लगाएको गुन तिर्नकै लागि देउवाले सल्लाहकार बनाएको चर्चा चलेको छ ।
सुवेदीलाई देउवाले परराष्ट्र सल्लाहकार बनाए पछि एमसीसी विरोधी अभियान्ताहरुले भने विरोध जनाएका छन् । सामाजिक संजाल मार्फत एमसीसी विरोधी अभियान्ताहरुले सुवेदीलाई नियुक्त गर्ने निर्णयको आलोचना गरेका छन् ।
धनकुटाको कुणुले गाउँमा जन्मिएका सुवेदीले विद्यालय शिक्षा विराटनगरमा लिएर धरानबाट एसएलसी उत्तीर्ण गरेका हुन् । त्रिचन्द्र कलेजबाट विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गरेका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नात्तकोत्तर गरेका छन् ।
पहिले नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायमा संलग्न छन् ।उनी आफुलाई जलस्रोत विज्ञ भएको बताउँने गर्छन् ।उनकै नेतृत्वमा नेपालको सबैभन्दा लामो केबलकारको निर्माण पनि हुँदैछ ।