गठबन्धनको निर्णयले एमालेलाई धक्का, ओलीको छट्पटी सुरु

शुक्रबार, २० साउन २०७९

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुट्कीको भरमा सत्ता गठबन्धन भत्काइदिने बताउने गरेका छन् । तर गठबन्धन बनेको एक बर्षभन्दा धेरै समय भइसक्दा पनि गठबन्धनलाई हस्लाउन समेत सकेका छैनन् ।

उनले चुट्कीको भरमा गठबन्धन भत्काउने बताउँदै गर्दा प्रतिपक्षलाई एक वचन नसोधी सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको सुझावमा सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।

उक्त निर्वाचनमा गठबन्धनले तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले भदौ पहिलो साताभित्र तालमेलको मोडालिटी बनाउने निर्णय गरेको हो ।

तालेमेलको निम्ति कार्यदल गठन गरिने नेताहरुले बताएका छन् । सबै दलका सदस्य सम्मिलित कार्यदललाई छिट्टै पूर्णता दिने तयारी गरेको छ।

सत्ता गठबन्धनले स्थानीय तहमा चुनावमा पनि तीन तहको कार्यदल गठन गरी तालमेल टुंग्याएको थियो। चुनावमा ५ पार्टीले तालमेल गर्ने निर्णयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनिा छुटेको छ । तालमेल भएको खण्डमा एमाले क्लिन स्वीप हुने डरले ओलीको छटपटी बढेको हो ।