जसपाका केन्द्रीय उपाध्यक्ष नै एमालेमा प्रवेश !
काठमाडौैं – जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका नेता–कार्यकतालाई पार्टीमा स्वागत गरेका हुन् ।
पुर्व एमाले नै रहेका राइले पार्टी प्रवेशपछि बोल्दै राईले सिद्धान्तहीन गठबन्धनले राजनीति दिशाहीन बनेको बताएका छन् । सिद्धान्तनिष्ठ र एकताबद्ध हुन उनले अरू दलका नेताहरूलाई आग्रह समेत गरेका छन् ।