अबदेखि कपाल काट्न जाँदा क्यास बोक्न नपर्ने, माछापुच्छ्रे बैंकले दियो विशेष सुविधा

बिहिबार, २ भाद्र २०७९

काठमाडौँ – अबदेखि कपाल काट्न जाँदा क्यास बोक्न नपर्ने भएको छ । माछापुच्छ्रे बैंकले ‘नेपाल नाई संघ’ लाई क्यु. आर.कोड हस्तान्तरण गरेर अनलाइनबाटै रकम तिर्न सकिने व्यवस्था गरेपछि क्यास बोक्न नपर्ने भएको हो ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले ‘नेपाल नाई संघ’ लाई क्युआर कोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा “नेपाल नाई संघ”का अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीेले क्युआर कोड हस्तान्तरण गरेका थिए । उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले “नेपाल नाई संघ”मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ ।