जनताको भावनालाई पुरा गर्न नेकपाले दृढ भएर लाग्नुपर्छ : माइला लामा
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामाले नेकपा प्रतिको जनताको विश्वाशिलो भावनालाई पुरा गर्न सम्पुर्ण कम्युनिष्टहरूले दृढ संकल्प लिएर लाग्नु पर्ने बताएका छन । बिहीबार काठमाण्डौमा आयोजित नेकपा जिल्ला समिति काठमाडौंको १२ औं जिल्ला सम्मेलनमा सम्वोधन गर्दै लामाले जनताको आशालाई कम्युनिष्टहरूले गम्भीरता पूर्वक लिएर पुरा गर्न लाग्नु पर्ने बताएका हुन् ।
‘दलाल पूँजीवादी संसदिय ब्यवस्थालाई चिहानमा गाडेर त्यही बाट वैज्ञानीक समाजवादको स्थापना गर्नु हाम्राे प्रमुख लक्ष्य हो ।’ उद्घाटन सत्रलाई सम्बाेधन गर्दै नेता लामाले भने ।
आन्दोलनमा समाहित हुने नेता कार्यकर्तामा वर्गीय पक्षधरता, प्रतिवद्धता, व्यक्तिगत जीवन भन्दा माथि उठेको निस्वार्थ लगायतका गुणहरु अनिवार्य रूपमा हुनुपर्ने अन्यथा उसलाई कम्युनिष्ट मान्न नसकिने नेकपा केन्द्रित सदस्य लामाको भनाई थियो । कम्युनिष्टहरूले सामुहिक उत्पादन र क्रान्तिलाई सङ्गै जोडेर अगाढी बढ्नु पर्ने उनले बताए ।

उक्त सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी रहेका बरिष्ठ अधिवक्ता एकराज भण्डारीले नेपालको संबिधान अर्थपूर्ण नरहेको बताए । नेपालको संबिधानमा जस्ताे लेखिएको छ त्यसको कार्यान्वयन हुदैँन यस अर्थमा यो औचित्यहिन रहेको उनको भनाइ थियो । साथै जनतालाई न्याय दिने कानुनी निकायहरु दलाल संसदिय ब्यवस्थाकै कारण स्वतन्त्र भनिने न्यायलय पनि भ्रष्टाचार , कमिसन खाने अखडाको रुपमा बद्लिएको छ ।
अधिवक्ता भन्डारीले भने, “सरकारले नेकपा सँग गरेको तीनबुँदे सहमतिलाई गैरजिम्मेवारी पूर्ण ढंगले उर्लंघन गर्दै नेकापाका नेताहरुमाथि पक्राउ पुर्जी जारी गरिरहेको छ जो आफैमा जनताको हक अधिकारको लागि र देशको स्वाधीनता को रक्षार्थ लडिरहेको पार्टीमाथिको षड्यन्त्र हो ।”
राजनितीक रूपमा सहमती भएको सम्झौतालाई सरकारले हुबहु लागु गर्नुपर्ने उनले बताए । , नेपालमा हरेक राजनीति दलको ओरिपरी दलालहरु छन्। उनीहरूलेनै देशको कानुन र प्रशासनलाई हातमा लिएर कानुनको गलत प्रयोग गरिरहेको अधिवक्ता एक राज भ्याण्डरीको जिकिर थियो ।
काठमाडौं जिल्ला सेक्रेटरी राजेन्द्र महर्जनकाे अध्यक्षतामा भएको सो सम्मेलनमा अतिथिको रूपमा युवा सङ्गठनका केन्द्रिय महासचिव सावित्री अधिकारी, अखिल नेपाल महिला संगठनकी राजकुमारी शाही, काठमाडौ महानगर इन्चार्ज प्रताव, जनपत्रकार संगठन नेपालका महासचिव आलोक लामा लगायत विभिन्न जनवर्गीय संगठन तथा पार्टिका नेताहरु रहेका थिए ।
नेकपा पछिल्लो समय पार्टीको नवौं राष्ट्रिय महाधिवेसनको तयारीमा देशैभरि जुटेको छ ।