भदौ २७ गते नोभाकाे अब्राेड एजुकेशन फेयर
काठमाडौं – नोभा एजुकेशन एण्ड कन्सल्टेन्सी सर्भिसले भर्खरै+२ पास भएका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेलाकाे आयोजना गर्ने भएको छ । भाद्र २७ गते सोमबार बिहान १० बजेदेखि काठमाडौंको पुतलीसडक स्थित आफ्नै कार्यालयमा मेलाकाे आयोजना गर्ने भएको हाे ।
शंकरदेव क्याम्पस चोकको ट्रिनिटी हाउसको भुई तलामा नोभाको कार्यालय रहेको छ ।शैक्षिक मेलामा अष्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्यानाडा, न्यूजील्याण्ड र यूकेमा विभिन्न बिषयमा पढ्न चाहने विद्यार्थीहरुको लागी विभिन्न कलेज र युनिभर्सिटीका साथ साथै शैक्षिक ऋण र बीमा सेवागरि १० वटा संस्थाहरुको सहभागिता रहने नाेभाले जनाएकाे छ ।
शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए ।
मेलामा छात्रवृत्ति, अध्ययन पछि काम र अष्ट्रेलिया साथै अरु बिभिन्न देशका नयाँ नियमका बारेमा पनि जानकारी दिनेछ । सहभागीहरू मध्य भाग्यसाली सय जना विद्यार्थीलाई निःशुल्क आईईएलटिएस वा पिटिईका कक्षाहरू उपलब्ध गराइने छ भने एक भाग्यशाली विजेतालाई निःशुल्क हवाई भाडा दिइनेछ ।
यो मेलामा विद्यार्थीले आफुले अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, न्यूजील्याण्ड र यूके जान आवश्यक शैक्षिक परामर्श निशुल्क लिन पाउने र थुप्रै उपहारहरुका साथ छत्रवृत्तिको पनि व्यवस्था भएको आयोजकको भनाइ छ ।