प्रदेश मन्त्रीले आफ्नो कार्यकक्षबाट एकएक राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाए
काठमाडौँ – प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर एकाएक हटाईएको छ ।
आइतबार यादवले आफ्नो कार्यकक्षबाट संघीयता कार्यान्वयनका गर्नका लागि भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर राख्दै उनीहरुको तस्बिर हटाईएको हो ।
संघीयता कार्यान्वयनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्वीर राखेको यादवले बताएका छन् ।
यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल( जिन्दावाद । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो ।’