प्रहरीलाई ‘कालाे झण्डा’ देखाएर पक्राउ परे सन्दिप

बिहिबार, २० असोज २०७९

काठमाडौं – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राऊ गरेको छ । बिहीबार बिहान उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाट पक्राउ गरिएको हो ।

कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट नेपाल आएका उनलाई अध्यागमनकाे टाेलीले पक्राउ गरेर प्रहरीलाई बुझाएकाे थियो ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उनको दाबी छ ।

पक्राउ पर्नु अघि उनले प्रहरीलाई कालाे झण्डा देखाएर सांकेतिक बिराेध जनाएका थिए। कालाे टाेपी र लालै माक्स लगाएर आएका उनले सांकेतिक बिराेध जनाएका हुन् । कालाे झण्डा बिराेधकाे प्रतिक मानिन्छ ।