नवौं महाधिवेशनका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै नेकपा

सोमबार, १४ कार्तिक २०७९

काठमाडौँ – नेकपा कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपाले मंगलबार (भोली) मध्यान्ह १२ बजे बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा निर्णयहरु जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएको हो ।

असोज २५ गतेदेखि कार्तिक १ गतेसम्म चलेको महाधिवेशन ऐतिहासिक रुपमा सफल भएको थियो । उक्त महाधिवेशनले गरेका निर्णयहरु सार्वजनिक भएका छैनन् । नेकपाले पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकारलाई उपस्थित भई समाचार संगलन गरिदिनुहुन आग्रह गरेको छ ।

पार्टीले सरकारले घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सशक्त खारेज गर्ने निर्णय गरेको थियो भने विप्लवलाई पुनः महासचिवमा निर्वाचित गरेको थियो । फायल तस्वीर