काठमाडौं – ६ मा पनि स्वतन्त्र पार्टीको अग्रता

सोमबार, ५ मंसिर २०७९

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना सुरु भएको छ । २०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतले अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ३८ मतका साथ तेस्रो स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।