समानुपातिकतर्फ एमालेले कटायो एक लाख, माओवादी भन्दा घण्टीको मत धेरै ?

मंगलबार, ६ मंसिर २०७९

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ । प्रारम्भिक मत परिणाम अनुसार एमाले समानुपातिकतर्फ एक लाख मत कटाएको हो ।

एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ ।दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ३५२ मत पाएको छ । नेकपा माओवादी केन्द्र ३८ हजार २८८ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले २५ हजार ९९८ मत पाएको छ ।

यस्तै, जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टीले ५ हजार ४३४, नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ ।