रसुवाबाट प्रदेशसभामा कांग्रेसका प्रभात तामाङ विजयी

मंगलबार, ६ मंसिर २०७९

काठमाडौं – रसुवा प्रदेश सभा १ मा कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार तामाङ ८ हजार १८६ मतसहित विजयी भएका हुन् ।

तामाङ आठ हजार १८६ मतसहित जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार ७७२ मत ल्याएका छन् ।