बागलुङ १ मा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी विजयी

बुधबार, ७ मंसिर २०७९

काठमाडौँ – बागलुङ निर्वाचन क्षेत्र नं। १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८२५ मत पाएका हुन् ।

केसी यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेर जित हासिल गरेका छन् ।