मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसका केदार कार्की निर्वाचित

शुक्रबार, ९ मंसिर २०७९

काठमाडौं— मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेशसभामा नेपाली कांग्रेसका केदार कार्की निर्वाचित भएका छन् ।

उनी १० हजार ४३१ मतका साथ प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

कार्कीका निकटतम् प्रतिद्वन्द्वी कृष्ण बस्नेत उर्फ पर्शुराम बस्नेतले ९ हजार २५५ मत प्राप्त गरे ।