एमालेको समानुपातिक सांसदमा एकनाथदेखि भट्टचनसम्म (नामावलीसहित)

शनिबार, २४ मंसिर २०७९

काठमाडौँ – नेकपा एमालेले ३४ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको बैठकले प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको हो ।

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिलासहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

आदिवासी–जनजाति कोटातर्फ व्यवसायीक गु्रप प्रभु ग्रपका अध्यक्ष देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा निर्वाचित भएका छन् ।

त्यस्तै खस आर्य पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही निर्वाचित भएकाम छन् भने खस आर्य महिला तर्फ मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया,
दीपा शर्मा, सुनिता बराल निर्वाचित भएका छन् ।

एमालेले थारु कोटातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी, दलित कोटातर्फ इश्वरबहादुर रिजाल, प्रभू हजारा पाशवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिनी राना बराइली, हर्कमाया विश्वकर्मालाई सांसद बनाएको छ ।

मधेशी कोटामा गंगाप्रसाद यादव, अमृत राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी, प्रतिक्षा तिवारी मुखिया र मुस्लिम कोटातर्फ सराज अहमद फारुकी निर्वाचित भएर नयाँ संसदमा प्रबेश गर्दैछन् ।