यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका १४ समानुपातिक सांसद
काठमाडौँ – रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले आदिवासी–जनजाति कोटाबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठको नाम टुंगो लगाएको छ ।
त्यस्तै, खस–आर्य कोटाबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनीता कठायतलाई सांसद बनाउँदा रास्वपाले दलित कोटाबाट सन्तोष परियार र शिव नेपाली, मधेसी कोटाबाट लक्ष्मी तिवारी र मनिष झा, थारु कोटाबाट अशोककुमार चौधरी तथा मुस्लिम कोटाबाट असिम शाह निर्वाचित गरेको पार्टी प्रबक्ता मुकुल ढकालले बताए ।