संसदीय दलको नेतामा चुनिए डा. सिके राउत
काठमाडौं— आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन गरेको छ । बैठकले सर्बसम्मत रुपमा दलको नेतामा राउतलाई चयन गरेको हो ।
जनमत पार्टीको दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज (सोमबार) बैठक बस्ने भएको छ । बैठक बिहान १० बजे बस्ने जनमत पार्टीका नेता वीपी साहले बताएकाा हुन ।
राउत सप्तरी क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर भन्दा बढी मतले पराजित गर्दै विजयी भएका थिए ।