बाबुरामले लगाए जीवनमा पहिलो पटक दौरा सुरुवाल
फागुन ९ काठमाण्डौ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई यतिबेला पार्टीले सञ्चालन गरेको ‘जनसंवाद यात्रा’का क्रममा देश दौडाहामा निस्किएका छन् ।
डाक्टर भट्टराईले गाउँगाउँमा स्थानीयसँग भलाकुसारी गर्दै हिँडेको आज २४औँ दिन पुगेको छ । बुधबार पश्चिम रुकुमका विभिन्न ठाउँहरु घुमेर बिहीबार उनी जाजरकोट जाँदैछन् ।

डाक्टर भट्टराई बुधबार चौरजहारीमा स्थानीय नेताको घरमै बसेका थिए ।
बिहीबार डाक्टर भट्टराईले रुकुमको चौरजहारीबाट जाजरकोट जाँदै गर्दाको तस्बिर सामाजिक संजालमा राखेका थिए । साथै उनले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएको भन्दै ट्विटरमा पोस्ट गरेका छन् । उनी लेख्छन , ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा(सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो! ’
देश अनुसारको भेष! जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो! pic.twitter.com/YQ2a8mBjPv
— Baburam Bhattarai (@brb1954) February 21, 2019