फागुन पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बस्ने रा.प्र.पाको निर्णय

बिहिबार, १४ पौस २०७९

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुन पहिलो साता गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको राप्रपाको बैठकले फागुनको पहिलो साता काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त बैठकले पौष २७ गते पृथ्वी जयन्तीका अवसर काठमाडौंको भृकुटीमण्डपमा भेला भई र्‍याली गर्ने निर्णय पनि गरेको छ ।

साथै प्रदेश सभा संसदीय दलले नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग समन्वय गर्नुपर्ने समेत बैठकको निर्णय छ ।