निश्चित भयो सभामुखको चुनाव हुने मिति

मंगलबार, २६ पौस २०७९

काठमाडौं – सभामुखको चुनाव हुने मिति निश्चित भएको छ । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको हो  ।

संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ ।

प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।