फसाउछु, दुःख दिन्छु भन्ने सोंच भएको मान्छे कहिल्यै उभो लाग्दैन
काठमाडौं – एकादेशमा तीन वटा सानो सुंगुर उनीहरुको आमासँग बस्थे । उनीहरु ठूलो भएपछि आफ्नो छुट्टै घर बनाउन आमाको घर छोडेर हिडे । जेठा छोरा (सुंगुर)ले परालको घर बनायो । माइला सुंगुरले काठको घर बनायो । कान्छा छोराले ईटाको पक्की घर बनायो ।
जेठो सुंगुरको घरमा एकदिन एउटा स्याल आयो । ‘सुंगुर…सुंगुर… ढोका खोल, ढोका खोल’, स्यालले भन्यो । ढोका नखुलेपछि स्याल चिच्याएर बोल्यो, ‘म फुकेरै तिम्रो परालको घर ढाल्न सक्छु ।’ सुंगुरले ढोका नखोले पछि स्यालले फुकेर परालको घर ढलाई दियो ।
जेठो सुंगुर सकेसम्म दौडेर माइला भाईको घरमा गयो । स्याल त्यहाँ पनि आईपुग्यो । स्याल करायो ‘सुंगुर… सुंगुर… ढोका खोल ।’, उनीहरुले ढोका खोलेन्न् । सुंगुरले ढोका खोल्दै नखोले पछि स्यालले फुकेर काठको घर पनि ढलाई दियो । दुवै जना दौडेर कान्छा भाईको घरमा जान्छन् । स्याल त्यहाँ पनि आईपुग्यो । स्याल करायो सुंगुर…सुंगुर…ढोका खोल । उनिहरुले ढोका खोलेन्न् । ढोका नखुलेपछि स्यालले भन्यो, ‘तिम्रा दुई दाईको घर फुकेर उडाइदिएको छु । म तिम्रो घर पनि फुकेर भत्काई दिन सक्छु ।’
सुंगुरले अटेरी गरेपछि फुकेर घर ढाल्न खोज्यो , स्यालले धेरै पटक फुक्दा पनि ईटाको घर ढाल्न सकेन । स्यालले सोच्यो, ‘घरमा बनेको धुरीबाट गएर उनीहरुलाई खान्छु ।’ स्याल चिम्नीबाट आउने थाहा पाएर सुंगुरहरुले बुद्धि लगाए । चिम्नीको तल आगो बालेर ठूलो भाँडोमा पानी तताए । धुर्त स्याल त्यसमा खस्यो । स्याल पोलेको सहन नसकेर तुफानले जंगल तिर दौड्यो । त्यसपछि स्याल कहिले सुंगुरहरुलाई सताउन त्यस जंगलमा फर्केर आएन ।
तसर्थ, कसैलाई फसाउछु, दुःख दिन्छु भन्ने सोच भएको मान्छे कहिल्यै उभो लाग्दैन ।