माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवनमा पनि

सोमबार, ९ माघ २०७९

काठमाडौं – सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले ललितपुर जिल्ला, लगनखेल स्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । सोमबार कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवालले एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेपछि संचालनमा आएको हो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुकोसमेत उपस्थिती रहेको थियो । सो एक्सटेन्सन काउन्टरको स्थापना भए सगैँ बैंकको हालसम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर संचालनमा आएका छन ।

माछापुच्छ्रे बैंक लिले देशका हरेक बर्ग तथा समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्नेछ ।